राँयल्टी व्यवस्थापनमा नेपाली कम्पनीको सक्रियता

6.49k
Shares

काठमाडौँ ।

नेपाल लगायत दक्षिण एसियाका कलाकारहरुको संगीत वितरण र राँयल्टी व्यवस्थापनको लागि अडियोनेक्स डिजिटल एलएलसीले विशेष योजना सहित काम सुरु गरेको छ ।

संगीत व्यवसाय सौख र सिर्जनामात्र नभै वितरण र राँयल्टी मार्फत व्यवसायीक हुदै आम्दानिको मुख्य स्रोत बनेको भएपनि नेपाली कलाकारहरु त्यो प्रणालीसम्म पुग्न नसकेको अवस्थामा अडियोनेक्स डिजिटल एलएलसीले त्यसको लागि समन्वय र सहकार्य गर्ने संगीतकर्मी सम्राट दहालले बताए ।

विगतमा नेपाली संगीतकारहरुले आफ्नो संगीतलाई विश्वव्यापी प्लेटफर्ममा पु¥याउन विदेशी कम्पनीहरुसंग निर्भर रहनु पर्ने र त्यस्ता कम्पनीहरु पारदर्शी नहुने, अग्रीम शुल्क तिर्नुपर्ने, आफ्नो गीत– संगीतको आम्दानीको स्पष्ट विवरण नआउने अवस्थामा नेपाली कलाकर्मीहरुले नै स्थापना गरेको अडियोनेक्स डिजिटल एलएलसीले सहजिकरण गर्दै पूर्ण राँयल्टीको लागि सहयोग गर्ने दहालको भनाई छ ।

अडियोनेक्स डिजिटल एलएलसीले नेपाल समेत दक्षिण एसियाकै कलाकारहरुको लागि नयाँ डिजिटल वितरण र राँयल्टी व्यवस्थापन प्रणाली सुरु गरेको उनको भनाई छ । यसले संगीत उद्योगमा नयाँ युगको सुरुवात गरेको उनको विश्वास छ ।

विगतमा नेपाल लगायत दक्षिण एसियाली संगीतकर्मीहरुले स्पोटिफ, एपल म्युजिक, यमाजोन, डेजर, युटुव म्युजिक जस्ता प्लेटफर्ममा गीत पठाउन विदेशी कम्पनिको भर पर्नुपर्ने र त्यस्ता कम्पनीलाई अग्रीम अपलोड शुल्क तिर्नुपर्ने, सदस्यता शुल्क अन्तराष्ट्रिय कार्ड वा डलर मार्फत भुक्तानी गर्नुपर्ने, राँयल्टी र रिर्पोटिङमा पारदर्शीता नहुने, आम्दानी कैले आउछ भन्ने ग्यारेन्टी नहुने जस्ता समस्या रहने गरेकोमा नेपाली कलाकर्मीको पहलमा स्थापना गरिएको अडियोनेक्स डिजिटल एलएलसीले यी समस्याहरुको समाधान गर्दै गीत– संगीत वितरण र राँयल्टी ग्यारेन्टीको लागि काम गर्ने दहालले बताए ।

अडियोनेक्स डिजिटल एलएलसीले दक्षिण एसियाली कलाकाहरुले विदेशी कम्पनीमा निर्भर हुननपर्ने र आफ्नै देशबाट विश्वबजारमा प्रतिस्प्रर्धा गर्नसक्ने वातावरण निर्माणमा काम गरिरहेको पनि संगीतकर्मी सम्राट दहालले बताए ।