नेपाली काँग्रेस बझाङका पूर्व कोषाध्यक्ष वीरबहादुर बोहराको निधन

2.82k
Shares

२०४८सालका अन्तिम प्रधानपंच तथा बझाङ काँग्रेसका पुर्व कोषाध्यक्ष बोहरालाई शुक्रबार दिउसो चारतारे झण्डा ओढाएर सेती नदी र बाहुलीगाडको दोभानमा अन्त्येष्टि गरिएको हो ।

बझाङ ।

नेपाली काँग्रेस बझाङका २०६७सालका निर्बाचित पुर्व कोषाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि वीरबहादुर बोहराको निधन भएको छ । लामो समयदेखि बिरामी रहँदै उपचारका क्रममा काठमाडौंस्थित एक घरमा असोज १३ गते बिहान उहाँको निधन भएको परिवारले जनाएको छ । ६६ वर्षका स्वर्गीय बोहरा बझाङको सुर्मा गाउँपालिका–२, लोमण्ड निवासी हुन् । उहाँको पार्थिव शरीरमा शुक्रबार काँग्रेसको चारतारे झण्डा ओढाएर सेती नदी र बाहुलीगाडको दोभानमा अन्त्येष्टि गरिएको हो ।


अन्तिम संस्कारमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अर्जुनजंगबहादुर सिंह, काँग्रेस बझाङका सभापति खड्क बोहरा, पूर्वसभापति हर्कजंगबहादुर सिंह, युवा नेता अभिषेकबहादुर सिंह, जिल्ला समन्वय समिति बझाङका प्रमुख नरबहादुर बोहरा, सचिव उत्तमबहादुर रोकाया, पूर्वसचिव भक्तराज जोशी, कोषाध्यक्ष गगन रावल, महाधिवेशन प्रतिनिधि ईश्वर मल्ल, क्षेत्रीय सचिव कलक बोहरा, साथै गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष लगायतका नेताहरू उपस्थित रहेका थिए ।


नेता कार्यकर्ताहरूले बोहराले पार्टीका लागि पुर्‍याएको योगदानलाई स्मरण गर्दै गहिरो दुःख व्यक्त गरेका छन् । काँग्रेस युवा नेता अभिषेकबहादुर सिंहले भने, “उहाँ हाम्रो एक पुरानो राजनीतिक अभिभावक हुनुहुन्थ्यो । उहाँका सकारात्मक र रचनात्मक सुझावले हामी राजनीतिकर्मीहरूलाई सधैं मार्गदर्शन गरेको छ,” भन्दै श्रद्धाञ्जली व्यक्त गरे ।

२०४८ सालको महाधिवेशनमा प्रतिनिधि बनेका बोहरा त्यसभन्दा अगाडि दौलिचौर गाउँ बिकास समितिका अन्तिम प्रधानपंच समेत हुन् । गाउँदेखि जिल्ला तहसम्म पार्टी सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेका बोहरा उहाँका नजिकका सहकर्मीहरूले उहाँको निधनलाई काँग्रेसका लागि “अतुलनीय क्षति” बताएका छन् ।

बोहराको परिवार पनि सक्रिय रूपमा काँग्रेस राजनीतिमा संलग्न छ — उहाँकी बहिनी शान्ति बोहरा नेपाली काँग्रेस महिला संघ बझाङकी सभापति हुन् भने जेठा छोरा पुस्कल बोहरा नेपाली काँग्रेस क्षेत्र नं। १ ९क० का क्षेत्रीय सभापति हुन् । बाँकी दुई छोरा पनि विभिन्न पेशा व्यवसाय र समाजसेवामा संलग्न छन् ।


स्वर्गीय वीरबहादुर बोहरा सुर्मा गाउँपालिका मात्र होइन, सम्पूर्ण बझाङमा एक ईमानदार, विनम्र र समाजसेवी नेतृत्वका रूपमा चिनिन्थे । उहाँको निधनले बझाङ काँग्रेसलाई गहिरो शोकमा डुबाएको छ ।