झापामा तीन महिनामा ३१७ नयाँ घरेलु तथा साना उद्योग दर्ता


काठमाडौ ।

चालु आर्थिक वर्ष २०८२|०८३ को पहिलो त्रैमासिकमा झापामा ३१७ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उद्योगतर्फ १४५ र वाणिज्यतर्फ १७२ फर्म दर्ता भएका हुन्। सो अवधिमा उद्योगतर्फ ३३५ र वाणिज्यतर्फ ३३२ उद्योग नवीकरण पनि भएका छन्।

उनका अनुसार तीन महिनामा ६३ उद्योग खारेज भएका छन् भने तीन उद्योग स्थानान्तरण, १६ नामसारी, १४ नाम परिवर्तन र १० उद्योगले उद्देश्य थपेका छन्। भट्टराईले नवीकरण नगर्ने धेरै उद्योग बन्द भइसके पनि नयाँ उद्योग थपिने दर उच्च रहेको बताए। चालु आवको पहिलो त्रैमासिकमा कार्यालयले विभिन्न शीर्षकमा रु ५४ लाख ३९ हजार २०० राजस्व सङ्कलन गरेको छ।