तुइन खोला पुल क्षेत्रमा ढुङ्गा खस्ने जोखिम, यात्रुहरूलाई सावधानी अपनाउन आग्रह


काठमाडौँ ।

मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला पुल नजिक साना डुङ्गा र पहिरो खस्ने क्रम रोकिएको छैन। सडक डिभिजन भरतपुरले मेशिनको प्रयोग गरी स–साना पहिरो पन्छाउँदै सडक आवागमन खुला राखिएको जनाएको छ।

वर्षातको समयमा यस क्षेत्रमा पहिरोको जोखिम उच्च रहने भएकाले यात्रु र सवारी चालकहरूलाई सडकको अवस्था बुझी लेन अनुशासनमा रही सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।