देशभर छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु


काठमाडौं ।

देशका विभिन्न स्थानमा बुधबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।
बारा, रूपन्देही, कपिलवस्तु, रोल्पा, पाल्पा र बैतडीमा भएका दुर्घटनामा पैदलयात्री, बालिका, चालक तथा सवारीका यात्री गरी आठ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

बारा र रूपन्देहीमा सुमो र माइक्रोबसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने कपिलवस्तुमा बसको ठक्करले एक जनाको ज्यान लिएको छ।

रोल्पामा बोलेरो पिकअप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाल्पामा इभि भ्यान दुर्घटनामा तीन जनाको ज्यान गएको छ।
त्यसैगरी बैतडीमा जिप दुर्घटनामा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।