काठमाडौं ।
काठमाडौं महानगरपालिका–१८ ढल्कुबाट प्रहरीले पेस्तोल १ थान, म्याग्जिन १ थान र १२ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–६ का २३ वर्षीय समिर श्रेष्ठ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१० का २३ वर्षीय एलेक्स नेपाली छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई मंगलबार राति पक्राउ गरेको हो। उनीहरू विरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया