नेपाली बजारमा सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि


काठमाडौँ ।

बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार पनि यथावत् कायम छ ।

तर, चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । बुधबार तोलामा २ हजार ९६५ रुपैयाँ रहेको चाँदी बिहीबार बढेर तोलामा २ हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।