जेन–जी आन्दोलन क्षति : बीमाद्वारा पौने ३ अर्ब भुक्तानी


काठमाडौं ।

जेन–जी प्रदर्शनका क्रममा भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरूले अहिलेसम्म करिब पौने तीन अर्ब रुपियाँ बराबरको बीमा दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार कार्तिक ९ गतेसम्म कम्पनीहरूले अग्रिम भुक्तानीसहित २ अर्ब ७९ करोड रुपियाँ भुक्तानी गरेका हुन् ।

प्राधिकरणका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी १ अर्ब २८ करोड, शिखर इन्स्योरेन्सले ५८ करोड ३२ लाख, आइजिआई प्रुडेन्सियलले ३१ करोड ४१ लाख, हिमालयन एभरेष्टले २५ करोड ६० लाख, र नेको इन्स्योरेन्सले ९ करोड ८० लाख रुपियाँ भुक्तानी गरेका छन् ।

यस्तै, सगरमाथा लुम्बिनीले सात करोड २४ लाख, सानिमा जिआइसीले सात करोड १४ लाख, नेपाल इन्स्योरेन्सले छ करोड ११ लाख र एनएलजीले दुई करोड १५ लाख रुपियाँ भुक्तानी गरेका छन् ।

जेन–जी आन्दोलनका क्रममा भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरूमा २३ अर्ब २३ करोड बराबरका बीमा दाबी दर्ता भएका छन् । प्राधिकरणका अनुसार १४ निर्जीवन र ४ लघु निर्जीवन कम्पनीमा ३ हजार १८७ वटा दाबी परेका छन् ।
सबैभन्दा धेरै सिद्धार्थ इन्स्योरेन्समा पाँच अर्ब ४९ करोड बराबरको दाबी परेको छ भने दि ओरियण्टल इन्स्योरेन्समा पाँच अर्ब २४ करोड, आइजिआई प्रुडेन्सियलमा दुई अर्ब ७९ करोड, र शिखर इन्स्योरेन्समा दुई अर्ब ४१ करोड बराबरका दाबी दर्ता भएका छन ्।

त्यस्तै सबैभन्दा बढी दाबी सम्पत्ति बीमामा परेको छ। यो शीर्षकमा मात्रै १९ अर्ब बराबरको दाबी दर्ता भएको छ, जसमा कम्पनीहरूले हालसम्म दुई अर्ब २७ करोड रुपियाँ भुक्तानी गरिसकेका छन्।मोटर बीमामा तीन अर्ब ४४ करोड रुपियाँबराबरको दाबी परेको छ भने ४७ करोड ७७ लाख भुक्तानी गरिएको छ ।

त्यसैगरी सबैभन्दा बढी दाबी बागमती प्रदेशबाट १७ अर्ब ६१ करोडरुपियाँबराबरका दाबी परेका छन्, जसअन्तर्गत कम्पनीहरूले हालसम्म दुई अर्ब १५ करोड रुपियाँ भुक्तानी गरेका छन् ।कोशी प्रदेशमा दुई अर्ब ३२ करोड, गण्डकीमा एक अर्ब ६९ करोड, मधेशमा ७० करोड, लुम्बिनीमा ४७ करोड, सुदूरपश्चिममा ३२ करोड, र कर्णालीमा ९ करोड ९९ लाख रुपियाँ बराबरका बीमा दाबी परेका छन् ।