काठमाडौं ।
कुमारी बैंकले जीवित देवी निवर्तमान कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ । बैंकले विगतका वर्षहरूमा संकलन गर्दै आएको छात्रवृत्ति कोषबाट जम्मा रकम ७ लाख ३८ हजार रुपियाँ हस्तान्तरण गरेको हो ।
बैंकले कुमारीको कार्यकाल सुरु भएको वर्षदेखि हरेक वर्ष १ लाखका दरले कोषमा रकम जम्मा गर्दै आएको छ । यस छात्रवृत्तिको उद्देश्य जीवित देवीको कार्यकाल समाप्तिपश्चा।त आगामी शैक्षिक यात्रामा सहयोग पु¥याउने रहेको बैंकले जनाएको छ । कुमारी बैंकले देशभर ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ एकाइ र ३१७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।











प्रतिक्रिया