शिवम् सिमेन्टको नयाँ ब्रान्डिङ भिडियो


काठमाडौं ।

शिवम् सिमेन्ट लिमिटेडले आफ्नो ब्रान्ड अभियान ‘क्वालिटीको मामलामा नो कम्परमाइज’ अन्तर्गत चौथो भिडियो सार्वजनिक गरेको छ ।

नयाँ भिडियोमा चिकित्सकको कथा प्रस्तुत गरिएको छ, जसले पारिवारिक भ्रमणमा निस्कनुअघि आकस्मिक बिरामीको उपचार गर्दै आफ्नो कर्तव्य पूरा गर्छन्। यसमार्फत कम्पनीले “जिम्मेवारीको मामलामा नो कम्परमाइज” भन्ने सशक्त सन्देश प्रवाह गरेको छ ।

यसअघि, अभियानका तीन संस्करण सार्वजनिक भइसकेका छन्। पहिलो भिडियोमा ट्राफिक प्रहरीको कथामार्फत “कर्तव्यको मामलामा नो कम्परमाइज”, दोस्रोमा घरबेटी–भाडावालबीचको सम्झौतामा आधारित कथामार्फत “सर्तकताको मामलामा नो कम्परमाइज” र तेस्रो भिडियोमा समयको महत्व दर्शाउँदै “समयको मामलामा नो कम्परमाइज” भन्ने सन्देश प्रस्तुत गरिएको थियो ।