मधेश प्रदेश सांसद किरणले सासु ससुरालाई घर निकाला गरेको आरोप

10.53k
Shares

जनकपुरधाम ।

जग्गा विवाद मधेश प्रदेश सभा सदस्य किरण कुमारी साहले आफ्ना ससुरा देवनारायण प्रसाद साह र सासु शान्ति देवीले घरबाट निकाला गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा आफ्ना कुरा राख्दै पिडित देवनारायण प्रसाद साहले भन्नु भएको छ — आफूले ससुरालीबाट सप्तरीको सदरमुकाम राजविराज सिरारहा रोडमा दानमा पाएका जग्गामा बनाएको घर कब्जा गर्न प्रदेश सांसद समेत रहेकी बुहारी किरण कुमारी साहले आफू दम्पतिलाई घरबाट निकाला गरेको छ ।


उहाँले बितेको असोज २० गतेका दिन बिहान मन्दिर गएको बेला काठको आलमीरा फोडेर त्यसमा राखिएका नागरिकता र जग्गाको कागजपत्र सबै चोरी गर्दा आफू घर आएपछि किन चोरेको भनेपछि आफूलाई छोरा ईन्जिनीयर विनोद साह र बुहारी सांसद किरण साहले कुटपिट गरी घरबाट निकाला गरिदियो यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा असोज २२ गते निवेदन समेत दर्ता गराएको भिडियोमा दाबी गर्नु भएको छ ।

आईए उत्तिर्ण मात्र रहेकी भारतको खुटौना माइती भएकी बुहारी सांसद साहलाई आफूले बिए, एमए र एलएलवी पढाएर वकिलसम्म बनाएको पीडा पोख्दै साहले भनेका छन् अहिले आएर त्यही बुहारी जसको राजविराज, काठमाडौ जस्ता ठाउँमा पांच÷पांच तल्ले घर छ, उसले मेरो घर कब्जा गर्न ८० वर्षिय वृद्ध मलाई कुटपिट गरी घरबाट निकाला गरिदिएको छन ।
पिडित साह दम्पतिले भिडियो मार्फत न्यायका लागि सबै निकायसँग आग्रह गरेका छन् । उहाँले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिंदा बुहारी किरणले आफू वकिल रहेको सिडियो, न्यायधिशसँग आफ्नो उठबस रहेका हुनाले कसैले केही गर्न सक्दैन भन्ने धाकधम्की दिंदै आएको आरोप समेत लगाउनु भएको छ ।

यस सम्बन्धमा सांसद साहले बुवाछोरामा जग्गाको लागि विवाद भएको कुरा स्वीकार गर्दै आफूलाई यसमा राजनीतिक ईष्र्याले मेरो नाम बदनाम गर्न मेरो नाम अघि ल्याइएको बताउनु भएको छ । नेपाल समाचारपत्रसँग कुरा गर्दै उनले भनिन् चाडपर्वमा घरको सरसफाईका लागि बुवाछोरामा सामान्य झगडा भएकै हो । तर मेरो नाम बदनाम गर्न जनमत पार्टीका नेतृ रहेकी मेरो नन्द माधुरीले ससुरालाई सिखाई पढाई मेरो नाम अघि ल्याएको हो ।

जग्गामाथि तपाईले कब्जा गर्न खोजेको हो भन्ने कुरामा कतिको सत्यता हो भन्ने जिज्ञासामा उनले भनिन् नन्द माधुरी साहको प्रभावमा ससुरा देवनारायण साहले कान्छो छोरा मेरो देवर डा. मनोज साहलाई सो जग्गा मात्र दिने भन्दै आएका थिए । यसैबीचमा घरको सरसफाईका लागि भनेपछि पहिला गराउंछु उहाँले भन्नु भयो पछि छोरी माधुरीसँग कुरा भएपछि यो घर कान्छो छोरालाई दिने हो सरसफाई गराउंदिन भनेपछि मेरो श्रीमानसँग विवाद भएको हो । जहाँसम्म कुटपिटको कुरा हो, मेरो श्रीमानले होइन ससुराले उनलाई कुटपिट गरेको हो । मैले त झगडा छोडाउन मात्र गएको थिए ।

थप्दै सांसद साहले भनिन् हामीले उहाँहरुलाई घरबाट निकाला गरेको होइन, उहाँ आफै छोरी माधुरीको घरमा गएर बसेका हुन । घर फर्किन पटक पटक आग्रह गर्दा पनि आउन नमानेको हो । प्रहरीमा उहाँहरुले उजुरी दिनु भएको थियो । प्रहरीले छलफलका लागि पटक पटक बोलाउंदा पनि उहाँहरु आउन नमानेको हो ।

सांसद साह जनता समाजवादी पार्टी (जसपा) नेपालबाट महिला कोटामा राजविराजबाट समानुपातिक प्रदेश सभा सदस्य हुन् । पेशाले उहाँ वकिल हुन् । राजविराजमा उनको ल फर्म समेत छ ।