बर्दियामा जुवातास खेल्दै गरेका ६ जना पक्राउ


काठमाडौंं ।

बारबर्दिया नगरपालिका–३ बेल्बज्जास्थित बाख्राको खोरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। पक्राउ परेका मध्ये ३५ वर्षीय कालुराम थारू पनि रहेका छन्।

इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको टोलीले उनीहरूलाई मंगलबार राति ४७ हजार ४ सय ८० रुपैयाँ नगद र ७ बुक ताससहित नियन्त्रणमा लिएको हो। प्रहरीले घटनासम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।