सुनको मूल्य घट्दा चाँदी महँगियो


काठमाडौँ ।

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य भने बढेको छ। मंगलबार तोलाको मूल्य २ लाख ३७ हजार रुपैयाँ रहेको सुन बुधबार ७०० रुपैयाँले घटेर तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा झरेको हो। तिहारपछि बजार खुलेसँगै सुनको मूल्य लगातार घटिरहेको छ।

यसैबीच, चाँदीको मूल्य भने बढेको छ। मंगलबार तोलामा २ हजार ९२० रुपैयाँमा रहेको चाँदी बुधबार ४५ रुपैयाँले बढेर तोलामा २ हजार ९६५ रुपैयाँमा पुगेको छ।