मन्त्री डा. सुधा शर्मा गौतमको नेतृत्वमा पहिलो एमएमटी बैठक सम्पन्न, तीन बुँदे निर्णय सार्वजनिक


काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री डा. सुधा शर्मा गौतमको नेतृत्वमा पहिलो पटक सिनियर म्यानेजमेन्ट टिम (एमएमटी) बैठक मंगलबार सम्पन्न भएको छ । मन्त्रालयमा बसेको सो बैठकले मन्त्रालयको नीतिगत, संस्थागत र कार्यगत सुधारका लागि तीन बुँदे महत्वपूर्ण निर्णय गरेको छ ।

निर्णय यसप्रकार रहेका छन् :

१. यस मन्त्रालय तथा मातहतका विभाग, केन्द्र र महाशाखाहरूले परिवर्तित सन्दर्भमा जनचाहना बमोजिम स्वास्थ्य क्षेत्रगत सुधार गर्न आफूसंग सम्बन्धित कार्यक्रमहरुको कार्ययोजना सहित अल्पकालीन÷तत्कालीन (३० दिनभित्र सम्पन्न हुनसक्ने), मध्यकालीन (६० दिनभित्र सुरुवात हुने) र दीर्घकालीन (सुदूर भविष्यमा प्रभाव पार्ने) सूची मिति २०८२।०७।१२ गते कार्यालय समयभित्र यस मन्त्रालयमा आईपुग्ने गरी पेश गर्ने र सोको सङ्कलन गरी नीति, योजना तथा अनुगमन महाशाखाले एकिकृत गरी मिति २०८२।०७।१३ गते प्रस्तुत गर्ने ।

२. यस मन्त्रालय मातहतका विभाग तथा संघीय अस्पतालहरुबाट हुने सार्वजानिक खरिद प्रकृया, औषधी दर्ता प्रकृयालाई अत्यन्तै पारदर्शी बनाई सम्बन्धित निकायले आफ्नो कार्यक्षेत्र अनुसार पूर्ण जिम्मेवारी एवं जवाफदेहिताका साथ कार्यान्वयन गर्ने साथै आफ्नो निकायबाट सम्पादन हुने कार्यहरुको बारेमा आउने गुनासाहरुको तत्काल सम्बोधन गर्ने ।

३. मन्त्रालयले देहायका विषयहरुमा संघीय, प्रादेशिक एवं स्थानीय तहका सम्बन्धित निकायहरुको सहभागिता÷ समन्वयमा छलफल एवं सहजीकरणका लागि सानो टोली सातै प्रदेशमा खटाउने ।
देहायः

हालै नर्सिङ्ग कर्मचारी लगायतका तलब तथा सुविधा सम्बन्धी विषयमा भएको विरोध प्रदर्शन
जेन–जी घाइतेहरूको वर्गीकरण
जेन–जी क्लिनिक सञ्चालनको अवस्था
ल्–व्ब्च् तयारी
मनोसामाजिक परामर्श सेवा सञ्चालन ।