सोलुखुम्बुको लोबुचेमा हेलिकोप्टर दुर्घटना, पाइलट सकुशल


काठमाडौं ।

सोलुखुम्बुको लोबुचेमा आज बिहान अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरका अनुसार सगरमाथा आधार शिविर नजिक ल्यान्ड गर्ने क्रममा हेलिकोप्टर हिउँमा चिप्लिएर दुर्घटनाग्रस्त भएको हो।

हेलिकोप्टरमा रहेका पाइलट विवेक खड्का सकुशल रहेको प्रहरीले जनाएको छ। उक्त हेलिकोप्टर पर्यटक उद्धारका लागि गएको थियो।