गुजरात।
भारतको गुजरात राज्यको सूरत सहरस्थित न्यू सिभिल अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका एक बिरामी केही समयपछि पुनः बाँच्ने घटनाले सबैलाई अचम्ममा पारेको छ।
अस्पताल प्रशासनका अनुसार अंकलेश्वर निवासी ४५ वर्षीय राजेश पटेललाई मुटुमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उनको स्वास्थ्यमा सुधार नआएपछि, ईसीजी रिपोर्टमा ‘स्टेट लाइन’ देखिएपछि उनलाई मृत घोषणा गरिएको थियो।
मृत घोषणा भएपछि परिवारजनबीच रुवाबासी चलेको थियो। तर केही मिनेटमै राजेशको शरीरमा हलचल देखिएपछि चिकित्सकहरू पुनः उपचारमा जुटे। अस्पतालको मनिटरमा मुटुको धडकन पुनः चल्न थालेको संकेत देखिएपछि उनलाई तुरुन्तै आईसीयूमा सारिएको थियो।
मुख्य चिकित्सा अधिकारी डा. उमेश चौधरीले यो घटना आफ्नो ३० वर्षको चिकित्सकीय अनुभवमा पहिलो पटक देखेको बताए। “यस प्रकारको घटना अत्यन्त दुर्लभ हो, तर यथार्थ हो,” उनले भने।
अस्पताल प्रशासनका अनुसार राजेशको मुटुको धडकन अहिले सामान्य अवस्थामा फर्किएको छ र उनको अवस्था स्थिर छ। उनलाई अझै पनि २४ घण्टा निगरानीमा राखिएको जनाइएको छ।
अस्पतालले घटनाको चिकित्सकीय कारण पत्ता लगाउन आन्तरिक अनुसन्धान सुरु गरेको छ।
-एजेन्सी











प्रतिक्रिया