चैनपुरमा कार दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

4.14k
Shares

सिन्धुली। 

 सिन्धुलीको  सुनकोशी गाउँपालिका–६ चैनपुरस्थित बी.पी. राजमार्ग सडकखण्डमा मंगलबार बिहान कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार मंगलवार बिहान करिब ११ः १५ बजे विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अचानक अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खस्दा दुर्घटना भएको हो ।

उक्त कार मोरङ जिल्ला, विराटनगर–१७ निवासी ६५ वर्षीय ओमबहादुर अर्जेलले चलाइरहेका थिए । दुर्घटनापछि उनी गम्भीर घाइते भएका थिए । प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि खाल्टेस्थित आत्मीय सामुदायिक अस्पताल८८ पु¥याएकोमा उपचारकै क्रममा १२ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

त्यसैगरी सोही कारमा सवार उनका श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएका छन् । सुनिताको दाहिने हातलगायत शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको बताइएको छ भने निशान्तको हातमा चोट लागेर अवस्था मध्यम रहेको छ ।

इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक रामकाजी कार्कीको कमाण्डमा ट्राफिक प्रहरीसहितको नौजनाको टोली र सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक धर्मराज फुंयालको कमाण्डमा नौजनाको संयुक्त टोली खटिई घाइतेहरूलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उक्त दुर्घटनास्थल इलाका प्रहरी कार्यालय खुर्कोटबाट करिब १० किलोमिटर पश्चिमतर्फ पर्दछ ।

घाइते दुवै जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि ८८धुलिखेल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कार आफैं अनियन्त्रित भई सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको भए पनि दुर्घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।