गायक अशोक दर्जीको मुख्य भूमिका रहेको फिल्म मन बिनाको धनको टिजर सार्वजनिक गरिएको छ। टिजरमा रुँदै गरेको अशोकलाई प्रस्तुत गरिएको छ।

टिजरमा शिव परियार र प्रमोद खरेलको स्वर रहेको शिर्ष गीतको केहि अंश प्रस्तुत गरिएको छ। आगामी २१ गते रिलीजमा आउने फिल्म यतिखेर प्रवद्र्धनमा रहेको छ। गीत गाउँदै हिँडेका अशोक दर्जीको संगीतकार टंक बुढाथोकीले रेखदेख गरी करियर अघि बढाइदिने क्रममा मन बिनाको धन ठुलो कि धन बिनाको मनमार्फत जीवन नै परिवर्तन गरिदिएका थिए। अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्। उनै अशोकको पेरिफेरीमा रहेर निर्माण गरिएको सामाजिक विषयवस्तुको फिल्म टंक बुढाथोकीको निर्माण र निर्देशनमा बनेको छ।
यसअघि फिल्मको पोस्टर सार्वजनिक गरिएको थियो। पोस्टरमा मुख्य कलाकारहरु अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामा र रवीन्द्र्र झालाई प्रस्तुत गरिएको थियो। अशोक दर्जीलाई मात्र प्रस्तुत गरिएको पोस्टर पनि सार्वजनिक गरिएको छ।
टंक बुढाथोकी आफैले लेखेको फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, एआर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोललगायतका कलाकारले अभिनय गरेका छन्।
विष्णुमाया मैनालीद्वारा निर्मित फिल्ममा पटकथा र संवाद शिवम अधिकारी, संगीत टंक बुढाथोकी, छायाँकन सौरभ लामा, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछाने तथा सम्पादन मित्र डी.गुरुङको रहेको छ। फिल्ममा जीपी संग्रौला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन्।











प्रतिक्रिया