राज बहादुर सानेको निर्देशनमा लज्जावती नामक फिल्म निर्माण शुरु भएको छ।फिल्मको छायांकन सेड्युल ३० दिनको राखिएको निर्देशक सानेले जानकारी गराए। आहा फिल्म्स्को व्यानरमा सौरभ वलीको प्रस्तुति तथा कमल प्रसाद शर्मा र सन्दीप रोकायाको निर्माण रहने फिल्म काठमाडौं आसपासमा छायांकन गरिनेछ।

दीपक भण्डारी कार्यकारी निर्माता तथा भिमराज रोकाया सह–निर्माता रहेको फिल्ममा मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका, माओत्से गुरुङ, सुशिल पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरी खड्कालगायतका कलाकारले अभिनय गरिरहेका छन्। फिल्म दिव्यराज सुवेदीले छायाँकन गरिरहेका छन्।











प्रतिक्रिया