काठमाडौं।
अहिले विश्व फुटबलमा एउटै विषयको चर्चा छ, त्यो हो क्रिस्टियानो रोनाल्डोको १ हजार गोल । पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले १ हजार गोल गर्ने छन् वा छैनन् भन्ने विषयमा चर्चा भइरहेको छ । उनी मैदानमा तन्दुरुस्त पनि देखिन्छन् र मुख्य रुपमा उनले गोल गरिरहेका छन् । यसले उनलाई १ हजार गोलको माइलस्टोनमा पु¥याउन सक्ने संभावना पनि बढी नै छ ।
अहिले रोनाल्डोले करिअरमा कूल ९ सय ५० गोल गरिसकेका छन् । उनले १ हजार गोलमा पुग्न ५० गोल गर्नु पर्नेछ । उनले साउदी प्रो लिगमा र पोर्चुगलको राष्ट्रिय टोलीबाट खेल्दैछन् । पोर्चुगलको तर्फबाट उनले विश्वकप छनोट खेल्दै छन् । साउदी प्रो लिगमा उनले अल नासरका लागि खेल्दै छन् ।
९ सय ५० औं गोल पनि यसै साता उनले गरेका थिए । उनले अल नासरका लागि अल हज्मविरुद्ध एक गोल गरेपछि उनी ९ सय ५० औं गोलमा पुगे । उनले यसपछि उनको इन्स्टाग्राममा लेखे—टिमलाई जिताउन र ९५० गोलको माइलस्टोनमा पुग्न पाउँदा ज्यादै खुशी छुँ । सँधैं धेरै गोलका लागि भोकै छुँ ।
रोनाल्डोले स्पष्ट भनिसकेका छन् कि उनी गोलका लागि भोका छन् । यसैले उनी हरेक खेलमा गोल गर्न तम्सिनेछन् भन्ने यो उनको संकेत पनि हो । उनले सन् २००२ देखि सिनियर फुटबल खेल्न थालेका थिए । यसपछि उनले लगातार खेल्दै अहिलेसम्म पनि खेल्दै छन् । हाल उनी ४३ वर्षका भइसकेका छन् र पहिले कति सक्रिय थिए, यो उमेरमा अहिले पनि त्यति नै सक्रिय छन् ।
रोनाल्डोले, स्पोर्टिङ सीपी, म्यानचेस्टर यूनाइटेड, रियल मेड्रिड, युभेन्टस र अल नासर क्लबबाट खेलेका छन् । यस्तै, उनले राष्ट्रिय टोलीबाट पनि खेलेको तीन दशक भइसकेको छ । यति समयमा उनले राष्ट्रिय टोलीका लागि १ सय ४३ गोल गरिसकेका छन् । यो विश्व फुटबलमा कोही पनि खेलाडीले गरेको सर्वाधिक अन्तर्राष्ट्रिय गोलसंख्यासमेत हो ।
रोनाल्डोले क्लबस्तरीयमा सर्वाधिक गोल स्पेनको ला लिगा टोली रियल मेड्रिडका लागि गरेका छन् । उनले रियलका लागि ४ सय ५० गोल गरेका थिए । यस्तै, इंग्लिस प्रिमियर लिग टोली म्यानचेस्टर यूनाइेटडका लागि १ सय ४५ गोल गरेका थिए ।
यसैगरी इटालिको सिरी ए टोली युभेन्टसका लागि उनले १ सय १ गोल गरे । हाल खेलिरहेको साउदी क्लब अल नासरका लागि उनले १ सय ६ गोल गरिसके भने सुरुआत करिअरमा घरेलु क्लब स्पोर्टिङका लागि ५ गोल गरेका थिए ।











प्रतिक्रिया