काठमाडौँ।
नेपाली राष्ट्रिय पुरुष भलिबल टोली बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा निरस प्रदर्शन गरेको छ । प्रतियोगितामा पाँच खेल खेलेको नेपालले चारमा हार बेहोरेको हो । जसले गर्दा नेपाली टोली समूह चरणबाटै बाहिरिनु परेको थियो । सोमबार भएको आफ्नो अन्तिम तथा पाँचौं खेलमा नेपाल श्रीलंकासँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
नेपाल श्रीलंकासँग २५–१८, २५–१७ र २५–२० को सेटमा पराजित भएको थियो । हरिहजुर थापाको कप्तानीमा रहेको नेपाली टोलीले तेस्रो खेलमा निकालेको जित नै पहिलो र अन्तिम साबित बन्यो । नेपाले सो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।
यसपछि नेपालको खेल बंगलादेशसँग कडा प्रतिस्पर्धात्मक भएको थियो । जसमा, नेपाल बंगलादेशसँग २–३ सेटले पराजित हुन पुगेको थियो । तर, अन्य खेलमा भने नेपाल सोझो सेटमै हारेको थियो । जसमा, ताजिकिस्तान, अफगानिस्तान र श्रीलंकासँग समान ३–० सेटमा नेपाल पराजित भएको थियो ।











प्रतिक्रिया