जेनजी क्रान्तिमा कलाकारको सहभागीता: विवाद र स्पष्टीकरण


गत भदौ २३ र २४ गतेको जेन–जी क्रान्तिमा कलाकारहरूको सहभागीता विवादमा परेको छ। खासगरी क्रान्तिका क्रममा खिचिएका फुटेज र तस्वीरमा कलाकारहरू पनि देखिएपछि उनीहरू विवादमा तानिएका हुन्। आफ्नो सहभागीतामाथि प्रश्न उठेपछि र विवाद मच्चिएपछि कलाकारहरूले भटाभट स्पष्टीकरण दिइरहेका छन्।

भाइरल बन्न पुगेका एक भिडियोमा निर्माता, निर्देशक तथा अभिनेता निश्चल बस्नेत नयाँ बानेश्वरस्थित जलिरहेको संसद् भवनअघि आफ्ना शुभचिन्तकलाई सेल्फी दिंदै ‘यो नयाँ “ युगको सुरुवात हो’ भनेका छन्। ‘जेनजीले गरेर देखाएको छ, थ्यांक यू उनीहरूलाई’, हातमा नेपालको झण्डा बोकेका निर्देशक बस्नेतले भनेका छन्। अर्को एक भिडियोमा उनले भनेका छन् ‘जुन जेनजी पुस्ताले सुरु गरेको आन्दोलन थियो, यसले अहिले सार्थकता पाएको छ। अहिले हाम्रो पछाडि जुन धुवाँ देखिरहनुभएको छ, त्यो धुवांको अर्थ के हो भने अहिलेसम्म हामीलाई ज–जसले खेलाए, नचाए, आशा देखाए, भरोसा देखाए तर केही पनि गरेनन्। उनीहरू सबैकोधुवाँ हो त्यो।’

यी भिडियो र आफ्नो अभिव्यक्तिमाथि प्रश्न उठेपछि निश्चलले सफाई दिएका छन्। ‘मैले कतैपनि ढुंगा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस्, मलाई जे सजाय“ दिए पनि भोग्न तयार छु। प्रमाण खोज्दा म ढुंगा हान्दै थिएँ कि रोक्दै थिएँ“ स्पष्ट हुन्छ। त्यसैले कृपया ममाथि छानबिन गर्न आग्रह गर्दछु’ उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै प्रष्टिकरण दिएका छन्।

अर्का अभिनेता तथा निर्माता दीपकराज गिरी पनि यसै विषयमा विवादमा मुछिएका छन्। जेनजी क्रान्तिका क्रममा जलेर खरानी भइसकेको कांग्रेस नेता विमलेन्द्र निधिको घर हेर्दै गरेको आप्mनो फोटो सार्वजनिक भएपछि उनी विवादमा मुछिएका हुन्। ‘सकेसम्म नबोलौ“ भन्ने नै थियो, तर धेरैले यो फोटो पठाएर सोध्नु भो दीपकजी, के यो तपाईं नै हो? अब जिम्मेवार नागरिकको हिसाबले त बोल्नै प¥र्यो। पहिलो कुरा त के सत्य हो भने, नेपालका हरेक परिवर्तनसम्बन्धी आन्दोलनलाई समर्थन गरे झै यसलाई पनि समर्थन गरेकै हो। यदि त्यो अपराध हो भने अपराध त भयो नै। अब मुख्य कुरामा जाऊ , त्यो दिन गणेश कार्की भाइले फोन गरेर सर्वपक्षीय सानो भेला छ बानेश्वरमा, कलाकारको रूपमा तपाईंहरू पनि आउनुस् भन्नु भो, त्यसपछि म घरबाट हिंडे ,त्यतिबेला बाहिर सामान्य तोडफोड सुरू भैसकेको थियो। मेरो घरबाट बानेश्वर जाने बाटोमा पर्दो रहेछ त्यो घर, कस्को घर हो त्यो पनि थाहा थिएन। त्यहाँ केही रमिते केटाहरूले त्यो तोडफोड भैसकेको घर हेरिरहेका थिए, मलाइ हात हल्लाए फोटो पनि खिचि नै रहेकै थिए भएको त त्यति नै थियो तर अहिले, त्यो बाटोमा हिंडिरहेको फोटो हालेर आप्mनै शैलीको राम्रो कथा बुनेछन्’ दीपकले अमेरिकाबाट सामाजिक सञ्जालमार्पmत सफाई दिएका छन् ‘त्यसपछि छलफलमा गइयो ब्यापक तोडफोड र आगजनी सुरू भो।

त्यसपछि हाम्ले तोडफोड नगरौ“ भन्ने एउटा भिडियो पनि बनायौ“। त्यसपछि घर आंएर निरन्तर तोडफोड नगरौं, राष्ट्रको सम्पत्ति जोगाऔं भन्ने स्ट्याटस हालिरहे“, त्यो स्ट्याटसहरू साक्षीको रूपमा छदैछन् । वास्तवमा आन्दोलन एउटा पाटो थियो, आगजनी र बिध्वंस अर्को पाटो। दोस्रो पाटोमा चाहिं दलहरूकै मान्छेलगायत अनेकौं स्वार्थ समूह छिरेको त प्रमाणित नै भैसक्यो। मेरो सवालमा चाहि“ म कुनै समूहमा आवद्द नभएको कलाकार। देशमा भएको त्यो तोडफोड र आगजनीमा मेरो सहभागिता छैन। यदि प्रमाणित हुन्छ भने हदैसम्मको कारबाहीका लागि तयार छु।’

निर्देशक, कवि, कमेन्टेटर तथा पूर्वफुटबल खेलाडी अमनप्रताप अधिकारीले सामाजिक सञ्जालमा राखेको भिडियो पनि विवादमा परेको छ। संसद् भवनतर्फ ढुंगा बर्साएर नाराबाजी गर्दै एउटा हुलभित्र छिरिरहेको तथा आगजनी र तोडफोड गरिरहेको भिडियोमा अधिकारी अश्लील गालीका साथ देखिएका छन् ‘दिस इज हाउ संसद् भवन वाज टेकेन डाउन। देखिस्, जल्यो तेरो देश। ल हेर अब संसद् भवनभित्र पूरै सकियो’ भदौ २४ को भिडियोमा यसो भनेका अमनप्रतापले २३ गतेको जेनजी प्रदर्शनमा भएको दमनपछि पनि ‘अवोध बालबालिकाको हत्यारा सरकार’ भन्दै भिडियो बनाएका थिए। उनी गीतकार, कवि तथा पूर्वशिक्षा सहायकमन्त्री क्षेत्रप्रताप अधिकारीका छोरा हुन्।

पाइलट तथा अभिनेता विजय लामासमेत विवादमा तानिएका छन्। सामाजिक सञ्जालमा युलेन्स स्कुलअघि उभिएर सेल्फी खिचिरहेको फोटोप्रति इंगित गर्दै उनलाई स्कुल जल्दा खुसी मनाएको आरोप लागेको छ। ‘म राष्ट्रलाई अति नै माया गर्ने कलाकार हुँ “। म राष्ट्रियध्वजाबाहक नेपाल एयरलाईन्सको पाईलट हुँ “। मैले जहिल्यै मेरो चन्द्र सूर्य झण्डा साह्रै मन पराउँछु र जय चन्द्र सूर्य भन्दै मेरो देशको युनिक झण्डा फहराउँछु। कहिल्यै म मेरो देशलाई हानी नोक्सानी पु¥याउने काममा लाग्दिन। मेरो कारणले मेरो देशले कहिल्यै टाउको निहुराउनु पर्दैन ठडाउनै पाउँछ’ लामाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ‘आज केही कुत्सित तत्वले विजय लामा युलेन्स स्कुल जलाउन गयो भन्दै मेरो फोटो राखि दुरुपयोग गरेछन्। अस्ति दीपकराज गिरी, हिजो निश्चल बस्नेत र आज मलाई जथाभावी लेखि कला र कलाकारको बदनाम गराउनेदेखि सावधान हुन अपिल गर्दछु। कलाकार नामको पछाडी लागेर यसो गर्नु पर्दैन। भावना जोड्ने कलाकारले भावना तोड्दैन। क्याप्टेन त झन विमानको माध्यमबाट एक देश अर्को देशस“ग जोड्ने गर्दछ। मैले जीवनमा भावना एक अर्कोसँग जोड्ने, एक देशसंग अर्को देश जोड्ने काम गरे र चन्द्र सूर्य फहराए“। म तोड्ने तोडफोडको विरोधी हुँ “। हुँदै नभएको कुरा जोडजाड पारेर मलाई र मेरो जय चन्द्र सूर्य अभियानलाई केही अवान्छित कुतत्वले कुत्सित मनसायले मेरो बदनाम गराउन खोजेकोमा मेरो ध्यानाकर्षण भएको छ। नभएको कुराबाट सबैलाई सावधान हुन सतर्क हुन अनुरोध गर्दछु।’