आगामी शुक्रबार रिलीजमा आउने फिल्म परानले मेरो परान नामक प्रतियोगिता घोषणा गर्दै १ लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ।
प्रतियोगितामा सहभागीता जनाउन चाहनेले आफ्नो परान खुलाउँदै उसैसंगको तस्विर पोस्ट गरी क्याप्सनमा मेरो परान लेखेर आफ्ना भावना दर्शाउनुपर्नेछ। सो पोस्ट फिल्मको फेसबुक पेजलाई ट्याग गर्नुपर्ने प्रावधान राखिएको छ। निर्माण पक्षले सो तस्विरमा आप्mनो परानका रुपमा बुबा, आमा वा बुबाआमा दुवै वा श्रीमान्, श्रीमती या प्रेमीप्रेमिका, साथी अथवा दाजुभाइ एवम् दिदीबहिनीमध्ये जोकोहीसंगको फोटो पोस्ट गर्न सक्ने जनाएको छ। त्यसरी पोस्ट गर्ने मध्ये १ जनाले लक्की ड्र मार्फत १ लाख रुपियाँ जित्ने अवसर प्राप्त गर्नेछन् भने सय जनाले फिल्मको विशेष शोको टिकट प्राप्त गर्नेछन्।
फिल्मको प्रवद्र्धनका लागि केही स्वयंसवक फिल्मको क्यूआरसहित शहरका विभिन्न भागमा घुम्ने र शो क्रममा क्यूआर स्कान गरी परान फिल्मको ट्रेलर वा गीत सेयर गर्नेलाई फिल्मका कलाकारसंगै फिल्म हेर्ने अवसर प्रदान गर्ने घोषणा समेत गरिएको छ। ५० जना दर्शकलाई यो अवसर दिइनेछ। दुवै प्रतियोगितामा रिलिजको एकसाता पछिसम्म अर्थात कात्तिक २० गतेसम्म सहभागिता जनाउन पाइने व्यवस्था गरिएको छ।
गोल्छा अर्गनाइजेसनका शेखर गोल्छासमेतको प्रत्यक्ष सहभागितामा निर्माण भएको फिल्ममा शेखर गोल्छासंगै तीनदशकको इतिहास बोकेको प्रिज्मा एडर्भटान्जिङ एजेन्सीका प्रमुख रन्जित आचार्यको लगानी छ। फिल्मले एक बुबा र छोराको कथालाई प्रस्तुत गरेको छ। फिल्मको शीर्ष भूमिकामा अभिनेता नीर साहले अभिनय गरेका छन्। फिल्म दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको छ। फिल्ममा निर शाहस“गै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काप्mले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, बाल कलाकार आर्यदीप आचार्य, आरभजंग अधिकारीलगायतले अभिनय गरेका छन्।











प्रतिक्रिया