काठमाडौं।
तेश्रो एसियाली युथ गेम्समा सहभागी हुन नेपाली जुडो टोली सोमबार बहराइन जाने भएको छ । एसियाली युथ गेम्स सुरु भइसकेपनि जुडोको प्रतिस्पर्धा अक्टोबर २९ तारिखदेखि हुनेछ ।
जुडोमा नेपालबाट महिला ४४ केजीमुनि समिता नेपालीले चुनौती प्रस्तुत गर्ने छिन् । समितासहित उनको स्पर्धामा १३ प्रतिस्पर्धी छन् । समिता बन्दी सहायता नियोग (पाम) की खेलाडी हुन् ।
समितिको प्रशिक्षकमा राष्ट्रिय टिमकी सदस्य देवकीमाया श्रेष्ठ छिन् । पामकै सहायक जुडो प्रशिक्षक देवकी पनि पामकै उत्पादन हुन् । सो अवसरमा अध्यक्ष लामाले समिताले पदक जिते व्यक्तिगत रुपमा २५ हजार नगदसहित सम्मान गर्ने प्रतिबद्धता जनाए ।











प्रतिक्रिया