सरकारमा थपिए यी चार मन्त्री, साढे २ बजे शपथ


काठमाडौँ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डल विस्तारको तयारी गरेकी छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले थप चारजना मन्त्री नियुक्त गर्ने तयारी गरेकी हुन्।

नयाँ नियुक्त हुने मन्त्रीमा सुधा गौतम, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र खगेन्द्र सुनार छन् ।

जसमध्ये सुधा गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री, गणपतिलाल श्रेष्ठलाई संस्कृति भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री , बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री र खगेन्द्र सुनारलाई श्रम तथा रोजगारमन्त्री नियुक्त गर्न लागेको जनाइएको छ ।

उनीहरुलाई आज दिउँसो साढे दुई बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा सपथ ग्रहण गराउने तयारी भएको छ ।