आत्मदाह प्रयास गरेकी गायिका पौडेलेको उपचारका क्रममा निधन

बाबुलविरुद्व कर्तव्य ज्यानमा जाहेरी


अघिल्लो शनिबार आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारको क्रममा निधन भएको छ।
उनको कीर्तिपुरस्थित वर्न अस्पतालमा शुक्रबार बिहान साढे ८ बजे निधन भएको हो।

गत शनिबार पौडेलले अनामनगरस्थित गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) को स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन्। गायिका पौडेलले स्टुडियोमा पुगी शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन्। शरीरमा आगो दन्किएपछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। नितुको उपचार चलिरहेकै समयमा प्रहरीले उनको प्रेमी भनिएका गायक तथा संगीतकार गिरीस“ग घटनाका सम्बन्धमा सोधपुछ गरेको थियो। गायिका पौडेलले आप्mनो शरीरमा आगो लगाएपछि निभाउने प्रयास गर्दा आफूसमेत सामान्य घाइते भएको बाबुल गिरीले प्रहरीसमक्ष बताएका छन्।

आत्मदाह गरेकी गायिका पौडेल र संगीतकार बाबुल गिरीबीच करिब ७ वर्षदेखि प्रेम सम्बन्ध रहेको स्रोतले जनाएको छ। गायिका पौडेलले बाबुलको स्टुडियोको तलपट्टि डुर्बिना क्याफे सञ्चालन गर्दै आएकी थिइन्। उनी एक दशकदेखि गायनमा पनि सक्रिया थिइन्। सुरुमा बाबुलले नितुलाई एकतर्फी प्रेम गरिरहेको र पछि दुईबीच प्रेम सम्बन्ध मौलाएको थियो।

बाबुल अनामनगरस्थि सामुदायिक प्रहरीको पछाडि डेरामा बस्दै आएकी नितुको कोठामा आउजाउ गर्ने गरेको तर केही वर्षयता विवाहको विषयमा दुईबीच विवाद भएको स्रोतले जनाएको छ। पारिवारिक स्रोतका अनुसार नितुलाई परिवारले विवाह गर्न दबाब दि“दै आएका थिए भने नितुले बाबुलस“गै बिहे गर्ने अडान लि“दै आएकी थिइन्। परिवारले विवाहको लागि दबाब दिन थालेपछि नितुले बाबुललाई छिटो विवाह गर्न दबाब दि“दै आएकी थिइन् भने बाबुलले टार्दै आएका थिए।

गायिका पौडेलको निधन भएपछि उनका दाइ गणेश पौडेलले बाबुलविरुद्ध प्रहरी वृत्त सिंहदरबारमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएका छन्। गणेशले बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका हुन्। उनले ८÷९ वर्षदेखि बहिनी र गिरी प्रेम सम्बन्धमा रहेको दाबी गर्दै दुई जना मात्रै भएको कोठाभित्र आफनाे‍ बहिनीलाई जलाइएको दाबी गरेका छन्। पौडेलको पोस्टमार्टमपछि शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।