दिव्यासी फिल्म्स्को ब्यानरमा निर्मित फिल्म परिवर्तनको पोस्टर सार्वजनिक गर्दै आगामी माघ ९ गते रिलिज गर्ने घोषणा गरिएको छ।
पोस्टरमा फिल्मका मुख्य अभिनेता सुशील श्रेष्ठ एक्सन अवतारमा प्रस्तुत भएका छन्। जसमा आगो, लडाइँ र प्रतिशोधको झल्को पाइन्छ। उनले हातमा बोकेको तरबारमा आगोको राप देखिन्छ।
सस्पेन्स र एक्सन मिश्रित कथामा परिवर्तनको यात्रामा नायकले भोग्ने संघर्षलाई केन्द्रमा राखिएको छ। ब्याकग्राउण्डमा उनले केही नेताजस्ता मान्छेलाई रोक्ने या सम्झाउँदै गरेको देखिन्छ।
विजय केरुङले निर्देशन गरेको फिल्ममा सुशील श्रेष्ठका अलवा अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारीलगायत कलाकारको मुख्य भूमिका छ।
फिल्ममा कथा र निर्माण दीपक सिवाकोटी, लेखन शिवम् अधिकारी, एक्सन निर्देशन श्री श्रेष्ठ, डिओपी शिव ढकाल, पाश्र्व संगीत बलिउडका कालाचरणको रहेको छ। निर्माण पक्षका अनुसार फिल्मको कथा, संवाद र गीत–संगीत नेपाली समाजमा परिवर्तनको चाहनासँग सम्बन्धित छ।











प्रतिक्रिया