सकियो स्त्री


जीवन शाहीको लेखन र निर्देशनमा निर्माणाधीन फिल्म स्त्रीको छायाँकन सम्पन्न भएको छ। काठमाडौँ आसपासमा छायाँकन गरिएको फिल्मको एउटा गीतबाहेक अन्य छायाँकन कार्य पूरा भएको हो।

मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समिर राईद्वारा निर्माणाधीन फिल्ममा निर्देशक शाहीकै कथा, निर्देशक शाही र किसन अर्यालको पटकथा, बाबुल गिरीको संगीत, देव महर्जनको द्वन्द्व निर्देशन र रामशरण उप्रेतीको छायाँकन रहेको छ।

म्युजिक भिडियो निर्देशन गर्दै आएका शाहीको यो डेब्यु फिल्म हो। सामाजिक कथामा निर्माणाधीन फिल्ममा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डिसी, दीपाश्री निरौला, बालकलाकार दिप्सन चिलवाललगायतले अभिनय गरेका छन्। फिल्म नारीप्रधान कथामा आधारित छ।