दक्षिण अफ्रिका ९७ रनमै अलआउट


लन्डन, (एजेन्सी)

महिला क्रिकेटको वानडे विश्वकपअन्तर्गत शनिबार भएको खेलमा दक्षिण अफ्रिका ९७ रनमै अलआउट भएको छ । भारतमा भएको उक्त खेलमा दक्षिण अफ्रिकाको ब्याटिङ चल्न सकेन । अस्टे«लियाकी एलाना किंगले उत्कृष्ट बलिङ गरेपछि दक्षिण अफ्रिकाको ब्याटिङ ध्वस्त हुन पुग्यो । यो खेल अस्टे«लियाले ७ विकेटले जितेको हो । यी दुबै टोली यस खेल अघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

लेग स्पिनर किंगले दक्षिण अफ्रिकाको राम्रो सुरुआत ओझेलमा परोकी थिइन् । दक्षिण अफ्रिका ३२ रनमा कुनै विकेट नगुमाइ रहेको अवस्थामा किंगले घातक बलिङ गरेकी थिइन् । उनले ७ विकेट लिएपछि दक्षिण अफ्रिकाले ६५ रन जोड्दा सबै विकेट गुमाएको थियो । किंगले ७ ओभरमा ७ विकेट लिन केवल १८ रन खर्चेकी थिइन् ।

किंगले यसअघिको उत्कृष्ट बलिङको कीर्तिमान पनि तोडेकी छन् । यसअघि न्युजिल्यान्डकी बलर ज्याकी लर्डस्ले सन् १९८२ मा भारतविरुद्ध १० रन दिएर ६ विकेट हासिल गरेकी थिइन् । उनको यो कीर्तिमान ४३ वर्षपछि किंगले तोडिन् ।

यो जितपछि अस्टे«लिया अंकतालिकामा शीर्ष स्थानमा रह्यो । अस्टे«लियाले ७ खेलमा ६ जित हासिल गरेको छ भने एक खेल चाहिँ वर्षाको कारण रद्द गरिएको थियो । अस्टे«लियाले सेमिफाइनलमा आयोजक टोली भारतसँग खेल्नेछ । भारत अंकतालिकामा चौथो स्थानमा रहेको हो । अर्को सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाको सामना इंग्ल्यान्डसँग हुनेछ ।