रोहित र विराट चम्किँदा भारत विजयी


नयाँ दिल्ली, (एजेन्सी)

अस्ट्रेलियाविरुद्धको तीन खेलको वानडे सिरिजअन्तर्गतको तेस्रो खेलमा भारत विजयी भएको छ । यसअघिको दुई वटै खेल जितेर घरेलु टोली अस्टे«लियाले सिरिज पहिल्यै हासिल गरिसकेका थियो । यो अन्तिम खेलमा जितेपछि भारतको लागि सान्त्वना जित बन्यो ।

यो खेलमा पूर्व कप्तानहरू रोहित शर्मा र विराट कोहली चम्केका थिए । विराट सिरिजमा पहिलो पटक ब्याटिङमा जमेका थिए । पछिल्ला दुई खेलमा शून्यमा आउट भएका विराटले नटआउट रहँदैं ७४ रन बनाए ।

यस्तै, रोहितले नटआउट रहँदैं १ सय २१ रन जोडे । उनले करिअरकै ५० औं शतक प्रहार गरेका हुन् । तर, उनको यो वानडे करिअरमा भने ३३ औं शतक हो । उनी भारतको तर्फबाट वानडे क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्नेमा तेस्रो स्थानमा छन् । उनीभन्दा अगाडि विराट (५१ शतक) र सचिन तेन्दुलकर (४९ शतक) छन् ।

विराटले सांगकारालाई पछि पारे

विराट वानडे फरम्याटमा सर्वाधिक रन बनाउने सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । उनले श्रीलंकाका कुमार सांगकारालाई समेत पछि पारे । वानडे फरम्याटमा विराटले १४ हजार २५५ रन र सांगकाराले १४ हजार २३४ रन बनाएका छन् । यस सूचीको शीर्ष स्थानमा रहेका भारतका सचिन तेन्दुलकरले १८ हजार ४२६ रन जोडेका छन् ।
लक्ष्य २ सय ३७ रन
अस्टे«लियाको सिडनीमा भएको यस खेलमा अस्टे«लियाले २ सय ३७ रनको लक्ष्य दिएको थियो । तर, भारतीय कप्तान शुभमन गिल (२४ रन) छिटै आउट भए । रोहित र विराटले भने इनिङ सम्हाल्दै भारतलाई जित दिलाए । उनीहरूले दोस्रो विकेटका लागि १ सय ६८ रनको साझेदारी गरेका थिए ।