केराको विषयमा विवाद हुँदा छोराले गरे  बाबुमाथि बन्चरो प्रहार


धादिङ। 

सिद्धलेक -१ काँडेपानीमा छोराले आफ्नै बाबुलाई बन्चरो प्रहार गर्दा घाईते भएका छन् । 

एक घरी केराको विषयमा विवाद हुँदा छाेरा २८ वर्षीय पुरुषाेतम सिलवालले बाबु  ६० वर्षीय एकबहादुर सिलवाललाई घरमै बन्चरो प्रहार गरेका हुन् । बन्चरो प्रहारबाट बाबुको खुट्टामा गहिरो चाेट लागेकाेले उनकाे धादिङ अस्पतालमा उपचार भइरहेको सिद्धलेक गाउँपालिका पूर्व अध्यक्ष प्रेमनाथ सिलवालले जानकारी दिए । 

आराेपित छोरालाई प्रहरीले पक्राउ गरी  जिल्ला प्रहरी कार्यालय धादिङकाे हिरासतमा राखिएको छ । 

घरमा हल्ला भएकाे सुनेर बाबुछाेरा विवाद भएकाे स्थानमा पुगेका  सिद्धलेक गाउँ पालिका पूर्वअध्यक्ष सिलवालले सुरुमा खुँडाले हान्न खोज्दा खाेसेर छुट्याए लगत्तै बन्चराेले प्रहार गरेका थिए ।