हैदराबादबाट बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा १० जनाको मृत्यु


काठमाडौँ।

हैदराबादबाट बेंगलुरु जाँदै गरेको यात्रुवाहक बसमा आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार केही यात्रु आगलागी परी गम्भीर घाइते भएका छन्।

दुर्घटना शुक्रबार बिहान कुर्नूल जिल्लाको चिन्ना टेकुरु गाउँ नजिकै भएको हो। बसमा लगभग ४२ जना यात्रु सवार थिए।

केही घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ।

बीबीसी तेलुगुका अनुसार सुरुमा मोटरसाइकल बससँग ठोक्किएको र त्यसपछि तेलको ट्याङ्कीमा ठोक्किएको थियो।

यद्यपि, स्थानीय प्रशासनले अहिलेसम्म आधिकारिक रूपमा कारण पुष्टि गरेको छैन।