काठमाडौँ।
पाकिस्तानको राजधानी इस्लामाबादका प्रहरी महानिरीक्षक आदिल अकबरको उनको आफ्नै कारमा गोली लागेर मृत्यु भएको इस्लामाबाद प्रहरीका प्रवक्ताले पुष्टि गरेका छन्। उनका अनुसार प्रहरी महानिरीक्षक आदिल अकबर कन्स्टिट्युसन एभिन्यूमा रहेको आफ्नो कार्यालय जाँदै गर्दा कारमै गोली लगेर मृत्यु भएको हो।
यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
इस्लामाबादका प्रहरी महानिरीक्षक (आईजी) अली नासिर रिजवीले घटना साँझ ४:३० बजे कन्स्टिट्युसन एभिन्यूमा भएको बताए। अली नासिर रिजवीका अनुसार घटनाको फुटेजमा केही देखिँदैन र यो घटना कार भित्र भएको हो ।
उनले एसपीले बोकेको मोबाइल फोन “लक गरिएको छ र यसको फोरेन्सिक जाँच गरिने जानकारी दिएका छन्।











प्रतिक्रिया