संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु


काठमाडौँ।

अमेरिकी सेनाले प्रशान्त महासागरमा एक संदिग्ध लागूऔषध डुङ्गामाथि आक्रमण गरेको छ। सो आक्रमणमा दुई जनाको मृत्यु भएको अमेरिकी रक्षा विभागले पुष्टि गरेको छ।

रक्षा सचिव पिट हेग्सेथले घटनाको पुष्टि गर्दै भने, “अमेरिकी सेनाले अन्तर्राष्ट्रिय पानीमा सञ्चालन गरेको सुरक्षात्मक कारवाहीका क्रममा कुनै सैनिकलाई हानी पुगेको छैन।”

उनका अनुसार, सो डुङ्गा अमेरिकी गुप्तचर एजेन्सीहरूको निरन्तर निगरानीमा रहेको थियो। प्रारम्भिक अनुसन्धानले उक्त डुङ्गाले ठूलो परिमाणमा लागूऔषध बोकेको शंका गरिएको छ।

रक्षा मन्त्रालयका अनुसार, यो कारवाही सेप्टेम्बर २ पछि लागूऔषध तस्करीविरुद्ध अमेरिकी सेनाद्वारा गरिएको आठौं अपरेशन हो। तर यो प्रशान्त महासागर क्षेत्रमा पहिलो प्रत्यक्ष आक्रमण भएको बताइएको छ।

यसअघि पनि अमेरिकी सेनाले दक्षिण अमेरिकाको तट र क्यारिबियन क्षेत्रका विभिन्न समुद्री मार्गहरूमा लागूऔषध तस्करीमा संलग्न डुङ्गामाथि कारवाही गर्दै आएको छ।