रौतहट ।
रौतहटमा करेन्ट लागेर बुधवार एकजना पूर्ववडाध्यक्षको मृत्यु भएको छ। गौर नगरपालिका–५ का पूर्ववडाध्यक्ष ४२ वर्षीय राम सोगारथ यादवको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आफ्नै खेतबारीमा जडान गरेको मोटरको तारबाट अचानक करेन्ट लाग्दा घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको हो।
घाइते अवस्थामै उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइए पनि चिकित्सकले अपराह्न मृत्यु घोषणा गरेको प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताए। मृतकको शव पोस्टमार्टमपछि परिवारजनलाई बुझाइने प्रहरीले जनाएको छ।











प्रतिक्रिया