युक्रेनमा रुसी ड्रोन र मिसाइल आक्रमण: दुई बालबालिकासहित ६ जनाको मृत्यु


काठमाडौँ।

युक्रेनका विभिन्न शहरहरूमा रुसी ड्रोन र मिसाइल आक्रमण हुँदा दुई बालबालिकासहित कम्तिमा छ जनाको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उक्त तथ्य सार्वजनिक गरेका छन्।

राष्ट्रपति जेलेन्स्कीका अनुसार, आक्रमणमा कम्तिमा २१ जना घाइते भएका छन्। उनले भने, “यी निरन्तर आक्रमणहरूले रूसमाथि युद्ध रोक्न पर्याप्त दबाब अझै पनि लागू गरिएको छैन भन्ने देखाउँछ।”

आक्रमणहरू हुनुभन्दा केही घण्टा अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुडापेस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने भनिएको भेट स्थगित गरिएको घोषणा गरेका थिए।
ट्रम्पले उक्त बैठकलाई “बेकार बैठक” भन्दै रद्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसैबीच, रुसले ट्रम्पसहित युरोपेली नेताहरूको युद्धविरामको आह्वानलाई अस्वीकार गरेको छ।