गरुडामा कपडा पसलमा आगलागी, करिब ४० लाख बराबरको कपडा नष्ट

658
Shares

रौतहट ।

रौतहटको गरुडा नगरपालिका–८ बिर्ता बजारस्थित एक कपडा पसलमा सोमबार राति आगलागी हुँदा करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

बिगन साहले सञ्चालन गरेको कपडा पसलमा राति करिब १० बजे विद्युत् सर्ट भएर आगलागी सुरु भएको थियो। आगो छिट्टै फैलिँदै गएपछि पसलभित्र रहेका कपडा तथा सामग्री जलेर नष्ट भएका छन्।

पसलधनी साहका अनुसार करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा ल्याएको हो।