रौतहट।
रौतहटमा सोमबार बिहान पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा माधवनारायण नगरपालिका–१ दिपही निवासी १४ वर्षीय रबिरन्जन जयसवाल रहेका छन। घरमा कोही कसैलाई नभनी निस्केका जयसवाल घरबाट करिब ५०० मिटर पश्चिमपट्टि ऐरैयामा बस्ने बिदुर रायको निजी पोखरीमा डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
स्थानीयवासी र आफन्तजनले रबिरंजनलाई तत्कालै उपचारका लागि शिवनगरस्थित संजिवनी अस्पतालमा लगेको भए पनि चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय शिवनगरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक नवराज कार्कीको कमान्डमा खट्टीएको प्रहरी टोलीले उनलाई पोखरीबाट निकालिएको थियो।
उक्त स्थान इलाका प्रहरी कार्यालय शिवनगरबाट करिब ३ किलोमिटर दक्षिण–पश्चिममा पर्ने बताइएको छ।











प्रतिक्रिया