निर्मलराजको झिलिमिली तिहार


तिहारका लागि गीतकार तथा गायक निर्मलराज पौडेलले झिलिमिली तिहारलाई बोलको गीत सार्बजनिक गरेका छन्।
गीतमा पौडेलसहित समान्ता थापा, निरज तिमल्सीना र मनिष पौडेलले स्वर दिएका छन्। गीतमा मोहित मुनालले संगित भरेका छन्। वेलकम एभी प्रोडक्सनले तयार पारेको गीतको भिडियो मनिष पौडेलले निर्देशन गरेका छन्।

‘दश–पन्ध्र वर्ष अगाडिसम्म पनि तिहारको रौनक, खुसियालीको माहौल देखिने गर्दथ्यो, तर हिजोआज सबै हराउदै गएको महसुस हुन थालेको छ। त्यसै कारण हाम्रा पालाका गीत, संगीत ,तथा प्रस्तुति हाम्रा सन्ततिले पनि थाहा पाउन्, महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका हौँ’, गीतकार तथा गायक पौडेलले भने।

गितमा यमपञ्चककोपाँचै दिन गरिने कर्महरू कागपुजा, कुकुर पुजा, लक्ष्मि पुजा, गाई गोरु पुजा र भाई पुजालाई समेटिएको छ। गीतमा नेपालीले तिहार मनाउने शैली, परम्परालगायतका रमाइलोसंगसंगै आर्थिक, सामाजिक र पारिवारिक विषय समेटिएको छ।