गायक सुरजकुमार थापाको स्वरमा देश भक्तिले भरिएको गीत देश गाएर मर्छु हालै सार्वजनिक गरिएको छ।
देशप्रेमको भावले भरिपूर्ण गीतमा गीतकार क्षेत्रप्रताप अधिकारीको शब्द रचना, निर्माण गुरुङको संगीत र गायक सुरजकै एरेन्जमेन्ट रहेको छ।
वाद्यवादनतर्फ भने तबलामा शान्तिबहादुर रायमाझी, ढोलकमा सुनिल कुमार अर्याल र महेशमणि, बास गितारमा अनुप दास, बाँसुरीमा उमेश पण्डित, सारङ्गीमा मनिष गन्धर्व, रिदम गितारमा सुरज कुमार थापा, भ्वाइलिन रविन कार्की, बाल गोपाल मर्हजन, रोमन बुढाथोकी, प्रभात लामिछाने र सुरजकुमार थापा रहेका छन्।
गीतको भिडियोमा नेपालको प्राकृतिक सम्पदा, सांस्कृतिक धरोहर, रीतिरिवाज, संस्कृति झल्कने गतिविधि तथा भेषभूषा प्रस्तुत गरिएको छ। भिडियोमा सुरजकुमार थापाका साथमा अन्य व्यक्तिलाई प्रस्तुत गरिएको छ। खेम थापाको छायाकंन रहेको भिडियोमा राज कुमारको सम्पादन रहेको छ।











प्रतिक्रिया