गत असोज १३ गते दशै“को फूलपातीबाट रिलिजमा रहेको फिल्म हरिबहादुरको जुत्ता हाल अमेरिकामा पनि प्रदर्शन भैरहेको छ।
नेपालमा ३ करोड ९० लाखभन्दा बढी कमाइ गरिसकेको फिल्मले अमेरिकामा पहिलो सातामा ४८ हजार अमेरिकी डलर कमाइ गरेको यसको निर्माण समूहले जानकारी गराएको छ। नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सासको ड्यालस र ओहायो राज्यमा फिल्मले दर्शकको राम्रो साथ पाएको निर्माण समूहको भनाइ छ। हरिवंश आचार्य स्टार सोसल–कमेडी ड्रामालाई अमेरिकामा आहान पौडेलले वितरण गरेका छन्।
पहिलो साता ८० पर्दाबाट अमेरिकामा रिलिज भएको फिल्म हाल पेन्सिलभेनिया, न्यूयोर्कको क्विन्स, एलुएस, हस्र्ट, ओहायको पिकरिंगटोन, भर्जिनियाको एसबर्न, टिनिसको नासभिल, म्यासाचुसेट्सको क्याम्ब्रिज, कनेक्टिकटको हार्डफर्ड, न्यू ह्यामसायरको हुकसेट, जर्जियाको जोन क्रिक्स, जर्जियाको बुफर्ड, मेरिल्याण्डको गेसिथबर्गस्थित हलमा चलिरहेको जनाइएको छ।
सरोज ओली र मोहितवंश आचार्यद्वारा निर्मित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रियंका कार्की, प्रकाश सपुत, हरिहर शर्मा, किरण केसी, दिव्य देवलगायतका कलाकारले अभिनय गरेका छन्।











प्रतिक्रिया