काठमाडौँ।
अमेरिकाभर राष्ट्रपति डोनल्ड ट्रम्पका नीतिविरुद्ध आयोजित ‘नो किङ्स’ नामक विशाल प्रदर्शनमा लाखौँ नागरिक सहभागी भएका छन्।‘राजतन्त्र होइन, लोकतन्त्र’ जस्ता नारासहित न्यूयोर्क, वाशिङ्टन डीसी, सिकागो, मायामी र लस एन्जलससहित सबै ५० राज्यमा प्रदर्शनहरू भएका थिए।
प्रदर्शनकारीहरूले आप्रवासन नियन्त्रण, न्याश्नल गार्ड परिचालन र संघीय रोजगारी कटौतीजस्ता ट्रम्प प्रशासनका नीतिहरूको विरोध गरेका हुन्। न्यूयोर्कको टाइम्स स्क्वायरमा मात्रै १ लाखभन्दा बढीको सहभागिता भएको प्रहरीले जनाएको छ।
आयोजकहरूले प्रदर्शन शान्तिपूर्ण भएको बताए। उनका अनुसार ‘नो किङ्स’ आन्दोलनको उद्देश्य अमेरिकामा अधिनायकवादको विरोध र लोकतान्त्रिक मूल्यको रक्षा गर्नु हो।
ट्रम्पका आलोचकहरूले उनका हालका निर्णयहरू अमेरिकी संविधान र लोकतन्त्रका लागि चुनौती भएको बताएका छन्।बीबीसी











प्रतिक्रिया