सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ।

नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला चार हजार आठ सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला दुई लाख ५३ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।
यसअघि शुक्रबार दुई लाख ५८ हजार रुपियाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ७५ रुपियाँ घटेको हो । शुक्रबार प्रतितोला तीन हजार ३५० रुपियाँमा कारोबार भएको चाँदी आज तीन हजार २७५ रुपियाँमा झरेको छ ।