इलाम।
इलाम अस्पतालले इलामको स्वास्थ्यमा ‘नयाँ युग’ को शुरुआत गरेको छ । सामान्य उपचार पनि हुन नसकेर रिफर मात्र गर्दै आएको इलाम अस्पताल रेफर सेन्टरका रूपमा चिनिँदै आएको थियो । तर, अब त्यो परिचयलाई चिर्दै इलाम अस्पतालले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य सेवा उपलब्ध गराउन थालेको छ ।
अस्पतालमा स्त्रीरोगको विशेषज्ञ डाक्टरबाहेक अन्य कुनै पनि रोगको उपचारका निम्ति विशेषज्ञ डाक्टरको अभाव थियो । तर, भर्खरैबाट इलाम अस्पतालमा स्त्रीरोग विशेषज्ञ डाक्टरसहित बालरोग विशेषज्ञ चिकित्सक एवं हर्निया, हाइड्रोसिल, एपेन्डिक्स र गाँठा–गुठीसम्बन्धी विशेषज्ञ चिकित्सकबाट सर्जरी इलाम अस्पतालबाटै हुन थालेको छ । यसले पूर्वी पहाडी जिल्लाको स्वास्थ्य सेवामा नयाँ अध्याय शुरू भएको छ ।
इलामबासीले यसलाई ठूलो उपलब्धि मानेका छन् । विगतमा सामान्य शल्यक्रियाका लागि पनि जिल्ला बाहिरका अस्पतालमा महँगो खर्चेर जानुपर्ने बाध्यता हटेको छ । अब घर आँगनमै यस किसिमको स्वास्थ्य सेवा पाउने भएपछि आर्थिक भार मात्र होइन समयको वचत पनि हुने इलामबासी बताउँछन् । अस्पतालमा स्त्री रोग विशेषज्ञ डाक्टर प्रभु शाह, बालरोग विशेषज्ञ डा. बृजेशकुमार यादव र सर्जन डाक्टर सर्जन डा. सरो प्रजापतिले सेवा दिइरहेका छन् ।
हाडजोर्नी सम्बन्धी शल्यक्रियालाई थप प्रभावकारी बनाउन थप उपकरणहरुको माग गरिरहेको अस्पतालका प्रमुख डाक्टर प्रभु शाहले बताए ।











प्रतिक्रिया