काठमाडौं ।
अस्ट्रेलियाको ब्रिस्बेनमा जारी एवाईएस विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालका अजित मगरले कांस्य पदक जित्न सफल भएका छन ।
स्पेनी खेलाडीबाट बाई पाएर सेमीफाइनलमा प्रवेश गरेका उदयपुर गाईघाटका अजित मगर शुक्रवार भएको सेमिफाइनलमा अस्ट्रेलियाली खेलाडीसँग अंकमा पराजित भएपछि कांस्य पदकमा सीमित बने ।
बक्सिङ के-वान नियममा खेलेका अजितले ७९ किलोग्राममा तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । अक्टोबर १९ सम्म जारी रहने सो प्रतियोगितामा नेपालका उमङ्ग खत्रीले प्रतिस्पर्धा गर्न बाँकी छ । ललितपुर विष्णुडोल निवासी उमङ्ग खत्रीले ५१ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।











प्रतिक्रिया