काठमाडौँ
बाङ्लादेशमा विद्यार्थी आन्दोलन दमन गर्न घातक बल प्रयोग गरेको आरोपमा अभियोजनकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन्।
आन्दोलन उत्कर्षमा पुगेपछि उनी सत्ता त्यागेर भारत शरण गएकी थिइन्। मानवताविरुद्ध अपराधको मुद्दा अहिले उनको अनुपस्थितिमै चलिरहेको छ।
अदालतमा सार्वजनिक अडियो क्लिपमा हसिनाले आन्दोलनकारीहरूविरुद्ध “घातक हतियार प्रयोग गर्न निर्देशन दिएको” सुन्निन्छ। तर उनले सबै आरोप अस्वीकार गरेकी छन्।
केही साताको हिंसात्मक आन्दोलनमा करिब १,४०० जनाको मृत्यु भएको थियो। हसिना करिब १५ वर्ष सत्तामा थिइन्।
मुख्य अभियोजनकर्ता तजुल इस्लामले भने, “हसिनाको उद्देश्य स्थायी रूपमा सत्तामा बस्नु थियो। उनले क्रूरताका लागि कुनै पश्चात्ताप देखाइनन्।”
हसिनासँगै पूर्वगृहमन्त्री असदुज्जमान खान कमाल र पूर्वप्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल-मामुनमाथि पनि मुद्दा चलिरहेको छ।
ढाकामा फेब्रुअरीमा हुने निर्वाचनमा हसिनाको पार्टी अवामी लीग प्रतिबन्धित छ, र बीएनपी अग्रस्थानमा देखिएको छ।बीबीसीबाट











प्रतिक्रिया