आगामी मंसिर १२ गते रिलिज हुने पारिवारिक ड्रामा हर्षको गीत सिठ्ठी मार हालै सार्वजनिक गरिएको छ। डेब्यू निर्देशक एकता पौडेलको निर्देशनमा निर्माणाधीन फिल्मको सार्वजनिक गीतमा एलिश कार्कीको संगीत, प्रताप दास र सदीक्षा कट्टेलको युगल स्वर, पवित्रा घिमिरेको शब्द रचना र सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको छ।
आलोक शुक्लाले खिचेको गीतमा फिल्मका प्रायः कलाकारलाई फिचरिङ गरिएको छ। पारिवारिक जमघटको माहोलमा तयार पारिएको गीतमा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, सुनिल क्षेत्री, माओत्से गुरुङ, लुनिभा तुलाधरलगायतलाई फिचरिङ गरिएको छ।
नृत्यप्रधान गीत आमा, बुबा, काका, काकी, दाजु, दिदीभाइ, दिदी–बहिनी सबैस“गै नाच्न सकिन्छ। अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राइम मुभिजको ब्यानरमा प्रशन्न पौडेल र विकाश पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको फिल्ममा खगेन्द« लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला पन्त, माओत्से गुरुङ, विशाल पहारी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापित, बाल कलाकार साइमन वादीलगायतले अभिनय गरेका छन्। दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी निर्देशक पौडेलले यो फिल्मबाट स्व. रेग्मीको विरासतलाई सशक्त निरन्तरता दिने अपेक्षा राखिएको छ।
कथा स्वयं निर्देशक पौडेलको रहेको फिल्ममा समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, स्व. शिव रेग्मी, डा. कृष्णहरि बराल, पवित्रा घिमिरे र नीरकमल खड्काको शब्द रचना, सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी तथा लोकेश बज्राचार्यको सम्पादन रहेको छ।











प्रतिक्रिया