रेहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्म मुगलानको फस्ट लुक्स सार्वजनिक गर्दै आगामी पुष १० गते रिलिजमा आउने घोषणा गरिएको छ।
सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण लुक्समा प्रस्तुत गरिएको छ। प्रभातले बाँसुरी बजाउने धुनमा छन् भने स्मारिका लजालु लुक्समा देखिन्छिन्। यसले उनीहरूबीचको प्रेमकथा झल्काएको छ।
प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, खबपु, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम, सविन बास्तोलालगायतका कलाकारले अभिनय गरेको फिल्म आशीष ढकालको लेखन र निर्देशनमा बनेको हो।
गोमन सिंहको निर्माणमा निर्माणाधीन फिल्ममा संगीत किरण भुषाल, गायन प्रताप दास, हरि गिरी (विमर्शी), शान्ती श्री परियार, वेनिशा पौडेल, गीत रचना आशीष ढकाल, सिर्जना लम्साल, हरि गिरी (विमर्शी), कोरियोग्राफर देवेन्द्र कु“वर, द्वन्द्व निर्देशन जय विष्ट र राम गुरुङ, डिओपी अजय रेग्मी तथा सम्पादन तारा थापा ‘किम्भे’ को रहेको छ।
रीता चौधरी सह निर्मात्री रहेको फिल्मले युवाहरूको परदेशको सपना, गाउ“घरको प्रेम र संघर्षको कथा उजागर गर्ने निर्माण समूहले जनाएको छ।











प्रतिक्रिया