केप भर्डे पहिलो पटक विश्वकपमा


लन्डन, (एजेन्सी)

विश्वको कम जनसंख्या भएको देशमध्येको एक देश केप भर्डे आगामी फिफा विश्वकप २०२६ को लागि छनोट भएको छ । केप भर्डे अफ्रिकी महादेशबाट छनोट हुन सफल भयो । केप भर्डे पहिलो पटक विश्वकपमा पुगेको हो ।

क्यामरून जस्तो अफ्रिकी शेर रहेको समूह डी मा केप भर्डेले शीर्ष स्थान हासिल गरेर सबैलाई चकित पारेको थियो । क्यामरून ४ अंकले दोस्रो स्थानमा रहनु प¥यो । गत महिना केप भर्डेसँग अप्रत्यासित रूपमा हार्नु पनि क्यामरूनलाई समूह विजेता बन्न वंंचित गराएको थियो ।

योसँगैं विश्वकपमा पुग्ने टोलीसंख्या २२ पुगेको छ । साथै अफ्रिकी महादेशबाट विश्वकपमा पुग्ने टोलीसंख्या ६ वटा भएको छ । यस पटक अफ्रिकी महादेशबाट ९ टोली विश्वकपमा छनोट हुने प्रावधान रहेको छ । अब, तीन टोली छनोट हुन बाँकी छ ।