उदयपुर।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं २ स्थित गाईघाट फत्तेपुर सडकमा पर्ने मोथियाहीको भित्री कच्ची सडकमा ट्र्याकटर दुर्घटना हुँदा एक जना पैदल यात्री महिलाको ज्यान गएको छ ।
सोमबार बिहान ८ः२० बजे त्रियुगा नगरपालिका वडा नं०२ मोथिहाई स्थित कच्ची भित्री सड्क खण्डमा म.प्र. ०१—००१ त २५६४ नं. को ट्याक्टरले ठक्कर दिई दुर्घटना हुँदा पैदलयात्री महिला त्रियुगा नगरपालिका २ बस्ने वर्ष ७९ की तेत्रि देवी चौधरीको ज्यान गएको हो ।
उनलाई ट्याक्टरले ठक्कर दिना साथ तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएकोमा सोही अस्पतालका चिकित्सकले बिहान ०८ः४० बजे नै मृत घोषणा गरेका हुन् ।
ट्याक्टर चालक सोही ठाउँ बस्ने वर्ष २४ को धर्मेन्द्र राजधामी तत्काल फरार रहेकोले खोजतलास भइरहेको छ । ट्याक्टर साहु सोही ठाउँका बर्ष ४० को रामनिवास राजधामी जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया